अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुरानो रिसिइबीका कारण युवतीलाई पोलमा बाँधेर मोसो दल्ने ४ जना पक्राउ

पुरानो रिसिइबीका कारण युवतीलाई पोलमा बाँधेर मोसो दल्ने ४ जना पक्राउ


बिर्तामोड (झापा)– झापाको बिर्तामोडमा पुरानो रिसिइबीका कारण एक युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–२ चारपानेस्थित राजगढ जाने बाटोमा २१ वर्षीया एक युवतीमाथि स्थानीय केही व्यक्तिले दुर्व्यवहार गर्दै बिजुलीको पोलमा बाँधेर मोसो दलेका थिए। घटनाबारे सूचना प्राप्त भएपछि शुक्रबार साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पीडितको उद्धार गरेको हो।

प्रहरीका अनुसार घटनामा संलग्न झापाकै कनकाई नगरपालिका–८ का १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतलाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको मोबिलको बट्टा तथा विभिन्न १६ वटा पम्पलेट बरामद गरिएको प्रहरीले जनाएको छ।

दुर्व्यवहारमा परेकी युवतीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This