अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)

काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)


विराटनगर-कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन्। 

‘यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो। कुल विनियोजित बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड र राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान नौ अर्ब १२ करोड, सशर्त अनुदान पाँच अर्ब ९५ करोड, समपूरक अनुदान ६४ करोड र विशेष अनुदान ५५ करोड रुपैयाँलाई आयको आधार बनाइएको छ।

यसबाहेक रोयल्टीबाट ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी पाँच अर्ब रुपैयाँ चालु आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने मन्त्री लिङ्थेपले जानकारी दिए। सरकारले उत्पादन र भौतिक पूर्वाधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको देखिन्छ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Skip This