अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा ४ जना पक्राउ

सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा ४ जना पक्राउ


विराटनगर-विराटनगर महानगरपालिका-१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेको समयमा घाटमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले  र मोरङका छविलाल घिमिरे रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ । 

Skip This