अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा जिप दुर्घटना, ४ जना घाइते

हुम्लामा जिप दुर्घटना, ४ जना घाइते


हुम्ला-हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।

घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ ।

Skip This