अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज प्रमुख नदी सामान्य, केही जिल्लाका साना नदीमा बाढीको जोखिम

आज प्रमुख नदी सामान्य, केही जिल्लाका साना नदीमा बाढीको जोखिम


काठमाडौं-देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको जलसतह सामान्य अवस्थामा रहेको जनाएको छ। कन्काई, कमला, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सामान्य रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा रुपन्देही, नवलपरासी, चितवन, बारा, इलाम तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ। ती नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को न्यून जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।

तीन दिने पूर्वानुमानअनुसार शनिबार र आइतबार कोशी, बागमती, गण्डकी तथा मधेश प्रदेशका केही स–साना नदीहरूमा पनि वर्षाका कारण बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशका ठूला नदीहरू सुरक्षित अवस्थामै रहे पनि स्थानीय वर्षाका कारण साना नदी तथा खोलामा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसम र नदीको अवस्थाअनुसार जारी हुने अद्यावधिक सूचनालाई नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

Top of Form

Bottom of Form

Skip This