अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी कपिलवस्तुबाट पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी कपिलवस्तुबाट पक्राउ


काठमाडौं-जेनजी आन्दाेलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ देउपुराका ३३ वर्षीय बब्लु भन्ने बुधई यादव रहेका छन्।

लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय पाई कारागारमा रहेका उनी २४ भदाैमा २०८२ काे जेनजी आन्दाेलनका क्रममा फरार भएका थिए। 

प्रहरीका अनुसार दाङ जिल्ला अदालतले २७ असार २०८० मा लागुऔषध मुद्दामा उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तथा कपिलवस्तु जिल्ला अदालतले १४ असार २०८१ मा अर्को लागुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। यससँगै उनीमाथि १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो।

कैद भुक्तानका लागि कारागार चलान गरिएका यादव जेनजी आन्दोलनका क्रममा दाङको तुल्सीपुर कारागारमा भएको तोडफोडपछि फरार भएका थिए ।

फरार रहेका यादवको निरन्तर खोजीका क्रममा प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गणेशपुर, कपिलवस्तुबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई १४ असारमा विजयनगर गाउँपालिका–४ स्थित जोलाही चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराई थप कैद भुक्तानका लागि कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Skip This