अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरका होटल-रेस्टुरेन्टको खाद्य गुणस्तर सुधार गर्न गृह मन्त्रालयको कडा निर्देशन

देशभरका होटल-रेस्टुरेन्टको खाद्य गुणस्तर सुधार गर्न गृह मन्त्रालयको कडा निर्देशन


काठमाडौँ-गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूको खानाको गुणस्तर सुधार गर्न र नागरिकका गुनासाहरू जिल्ला तहबाटै तत्काल सम्बोधन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ।

मन्त्रालयले आइतबार (२०८३ असार १५ गते) सबै प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई परिपत्र गर्दै बजार अनुगमन र प्रशासनिक जबाफदेहितामा कडाइ गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाका अनुसार होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्न यो कदम चालिएको हो।

जारी निर्देशनअनुसार अब नियमित, सघन तथा आकस्मिक बजार अनुगमन गरिनेछ। अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाइने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी कानुन उल्लङ्घन गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही गरिनेछ। त्यसैगरी प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासो दर्ता गर्न सक्ने गरी गुनासो सुनुवाइ संयन्त्र, हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिइएको छ। प्राप्त हुने हरेक गुनासोलाई उच्च प्राथमिकतामा राखी शीघ्र समाधान गर्न मन्त्रालयले जोड दिएको छ।

Skip This