काठमाडौं – देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।मधेस र कोसी प्रदेश तराईको एकरदुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुुनी वायु सक्रिय छ ।






प्रतिक्रिया