चितवन-चितवनको मुग्लिन-नारायणघाट सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहीबार बिहान पौने १२ बजेतिर इच्छाकामना गाउँपालिका-६ पानीधारामा सुख्खा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ।सडक दुबैतर्फ पूर्ण अवरूद्ध छ।
सडक दुवैतर्फ ठप्प भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।
उक्त सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुलाई सडक खुला नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ।
हाल सडकमा खसेको पहिरो हटाई बाटो खुलाउने कार्य भइरहेको छ।






प्रतिक्रिया