अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पाको बाढीमा परेर गम्भीर घाइते रेउली विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

डोल्पाको बाढीमा परेर गम्भीर घाइते रेउली विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो


सुर्खेत-डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीमा परी गम्भीर घाइते भएकी ४४ वर्षीया रेउली विकलाई उपचारका लागि सुर्खेत ल्याइएको छ।

गम्भीर अवस्थाकी विकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको समन्वयमा उद्धार गरी उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो।

बाढीका कारण विक गम्भीर घाइते भएकी थिइन्। स्थानीय स्तरमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकस्मिक उद्धार गरिएको प्रशासनले जनाएको छ।

हाल प्रदेश अस्पताल सुर्खेतमा उनको उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रको अवस्था तथा क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

आइतबार बिहान १ बजेतिर सुतिरहेका बेला गैरीगाउँ खोलामा आएको बाढी घरमा पसेको थियो । बाढीबाट एक जनाको मृत्यु भइसकेको छ भने बाँकी ४ जना घाइते भएका थिए । 

Skip This