काठमाडौँ-नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलले प्रवास कमिटीहरूसँग बैठक सुरु गरेको छ।
बैठकमा भारत प्रवास कमिटीसहित विभिन्न महादेशअन्तर्गत रहेका प्रवास कमिटीका प्रतिनिधिहरू सहभागी छन्। पार्टीको संगठनात्मक संरचना थप सुदृढ बनाउने, प्रवास संगठनको भूमिका प्रभावकारी बनाउने तथा पुनर्गठन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
एमालेले पार्टी पुनर्गठन अभियानलाई अघि बढाउँदै देशभित्रका विभिन्न तहसँगै प्रवास कमिटीहरूसँग पनि चरणबद्ध रूपमा परामर्श र छलफल गरिरहेको छ। सोही अभियानअन्तर्गत प्रवास कमिटीहरूसँगको बैठक आयोजना गरिएको हो।
बैठकबाट प्राप्त सुझावका आधारमा पार्टीको पुनर्गठन प्रक्रिया थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।






प्रतिक्रिया