अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी शक्तिबीच तत्काल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: अध्यक्ष ओली

वामपन्थी शक्तिबीच तत्काल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी शक्तिहरूबीच तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले पार्टी एकता नभए पनि एमालेसँग सहकार्य गर्न वा पार्टीमा समाहित हुन चाहनेहरूलाई स्वागत गरिने स्पष्ट पारे।

‘पार्टी एकता हुँदैन। तर, मिल्न खोज्ने र पार्टीमा आउनेहरूलाई स्वागत छ,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति टिप्पणी गरेका छन्। प्रचण्ड अहिले बालेनजीकोको समर्थनमा केन्द्रित रहेको आरोप लगाए। ‘प्रचण्डचाहिँ बालेनजीको भक्तिगानमा लागेर उम्किन खोज्या छन्,’ ओलीको भनाइ थियो।

एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्दै छ । सोही क्रममा आज पार्टीले सल्लाहकार परिषद्का सदस्यहरूमाझ सुझाव संकलन गरिरहेको हो ।

यसअघि विभिन्न प्रदेश, मातहत कमिटीसँग एमालेले सुझाव संकलन गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले उक्त काम गरिरहेको छ । आज अन्तिम सुझाव संकलन गरेको कार्यदलले अब २५ असारमा प्रतिवेदन लेखनका लागि बैठक बस्ने कार्यसूची तय गरेको छ ।

Skip This