अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यका र काभ्रेमा वर्डफ्लुको जोखिम कायमै

काठमाडौं उपत्यका र काभ्रेमा वर्डफ्लुको जोखिम कायमै


ललितपुर – बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।

पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा। मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।

विभागको तथ्यांकअनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ ।

त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

डा। उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ । सोही आधारमा संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

रासस

Skip This