अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा ईभी कारबाट ११६ ग्रामभन्दा बढी ब्राउन सुगर र सुन बरामद, ५ जना पक्राउ

काभ्रेमा ईभी कारबाट ११६ ग्रामभन्दा बढी ब्राउन सुगर र सुन बरामद, ५ जना पक्राउ


काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ मंगलटारमा ब्राउन सुगर र सुनसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारअगाडिको चेकपोष्टमा सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार २०८३ असार २३ गते साँझ करिब ५ बजे बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शंकास्पद देखिएपछि प्रहरी निरीक्षक निकिता मिश्राको नेतृत्वमा खटिएको टोलीले जाँच गरेको थियो।

जाँचका क्रममा कारमा सवार दोलखाको भीमेश्वर नगरपालिका–७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकमा राखिएको ६०.०६ ग्राम र ५६.७५ ग्राम गरी कुल ११६.८१ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान सुनका कानका बाला समेत बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, ईभीमा सवार व्यक्तिहरूमध्ये सविन कोइराला र जगत खत्रीको लागुऔषध तथा मदिरा सेवन (लापसे/मापसे) परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रहरीले जानकारी दिएको छ

Skip This