अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहदानी विभाग अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास, कारण खुल्न बाँकी

राहदानी विभाग अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास, कारण खुल्न बाँकी


काठमाडौं-काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। बिहीबार विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। घटनापछि त्यहाँ उपस्थित प्रहरी टोलीले तत्काल उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ती व्यक्तिको परिचय तथा अन्य विस्तृत विवरण खुल्न बाँकी रहेको छ। आत्मदाह प्रयास गर्नुको कारण पनि हालसम्म खुलेको छैन।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनापछि राहदानी विभाग परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयासको कारण र घटनासम्बन्धी अन्य विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीको भनाइ छ।

Skip This