अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सकिन जन्मेको होइन, देश बनाउन जन्मेको पार्टी हो: अध्यक्ष ओली

एमाले सकिन जन्मेको होइन, देश बनाउन जन्मेको पार्टी हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कुनै पनि परिस्थितिमा समाप्त हुने पार्टी नभई देश निर्माणका लागि जन्मिएको राजनीतिक शक्ति भएको बताएका छन्।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध विभिन्न टिप्पणी हुने गरेको उल्लेख गर्दै पार्टी निरन्तर अघि बढिरहने दाबी गरे।

अध्यक्ष ओली भने, ‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन्। एमाले सकिन जन्मेको पार्टी नै होइन। यो त बढ्न, सफल हुन र देश बनाउन जन्मेको पार्टी हो। केही नभए पनि उठ्छ, यो ठाउँमा पुगेको छ र फेरि पनि अगाडि बढ्छ। यो मात्तिँदैन, आत्तिँदैन।’

अध्यक्ष ओलीले एमालेलाई विशाल नदीसँग तुलना गर्दै पार्टीको यात्रा निरन्तर गतिशील रहेको बताए। उनले एमाले आफ्नो सिद्धान्त, विचार र जनसमर्थनका आधारमा अगाडि बढिरहेको उल्लेख गर्दै कुनै पनि चुनौतीबाट विचलित नहुने बताए।

अध्यक्ष ओलीले पार्टीमा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्दै एमालेले राष्ट्रिय विकास, सुशासन र समृद्धिको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने धारणा राखे। अध्यक्ष ओलीले देश निर्माणको अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आह्वान गरे।

Skip This