अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालले के भन्यो ?

गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालले के भन्यो ?


काठमाडौँ-मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको अवस्था जुनसुकै बेला थप जटिल हुन सक्ने भएकाले निरन्तर सघन निगरानीमा राखेर उपचार भइरहेको जानकारी दिएको हो।

अस्पतालका अनुसार अनुहारमा आगो लागेर श्वासप्रश्वास प्रणालीमा असर पुगेकाले उपचार चुनौतीपूर्ण बनेको छ। चिकित्सकहरूले बिरामीको ज्यान बचाउन आवश्यक सबै प्रयास जारी रहेको बताएका छन्।

हाल वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेषज्ञ टोली उपचारमा खटिएको अस्पतालले जनाएको छ।

बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले हाल तत्काल स्थानान्तरण गर्न नसकिएको अस्पतालले स्पष्ट पारेको छ।

Skip This