अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको न्यायका लागि काठमाडौँमा युवाको प्रदर्शन

गणेश नेपालीको न्यायका लागि काठमाडौँमा युवाको प्रदर्शन


काठमाडौँ-मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै युवाहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

जनपक्षीय ट्रेड युनियन महासंघ र जनपक्षीय युवा लिगको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले गणेशलाई आत्मदाह गर्नुपर्ने अवस्थासम्म राज्यले पुर्‍याएको आरोप लगाउँदै सरकारको विरोध गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘श्री ३ को सरकार’, ‘युवालाई आत्मदाह गर्ने बाध्यता होइन, रोजगार देऊ’ र ‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

गणेश नेपालीसँग सम्बन्धित घटनाले राज्यको जिम्मेवारी र युवाको रोजगारी तथा सामाजिक सुरक्षाको विषयलाई गम्भीर रूपमा उठाएको भन्दै प्रदर्शनकारीहरूले यस्ता घटना दोहोरिन नदिन सरकार संवेदनशील बन्नुपर्ने बताएका छन्।

गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीले गणेश नेपालीले चलाएको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि नगर प्रहरीसँग विवाद भएको थियो। त्यसक्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।

Skip This