अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, पाँच घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, पाँच घाइते


बझाङ-बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् ।  घाइतको उद्धारका लागि हेलिकप्टर गएको धामीले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

यसैबीच, बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेकाले संयमित रहन आग्रह गरेका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Skip This