अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लालबन्दीबाट काठमाडौंतर्फ अघि बढ्यो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’

लालबन्दीबाट काठमाडौंतर्फ अघि बढ्यो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’


लालबन्दी-जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याजविरुद्धको ‘पैदल न्याय मार्च’ आइतबार चौथो दिनमा प्रवेश गर्दै लालबन्दीबाट काठमाडौंतर्फ अघि बढेको छ।

राज्यलाई आफ्ना पीडा सुनाउन र हकअधिकार सुनिश्चित गराउन सुरु गरिएको यो यात्रा काठमाडौं नपुगी नरोकिने आयोजकहरूले बताएका छन्। उनीहरूका अनुसार सरकारले यसअघि चारपटक विभिन्न सहमति गरे पनि ती कार्यान्वयन नगरेकाले पुनः दबाब सिर्जना गर्न राजधानीसम्म पैदल यात्रा गर्न बाध्य भएको हो।

मार्चमा सहभागी सयौँ मिटरब्याज पीडितहरूले ‘चुपचाप तमसुक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध खबरदारी गरिरहेका छन्।

सहभागीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्। आयोजकहरूले करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्य रहेको बताएका छन्।

मिटरब्याजबाट पीडित नागरिकहरू न्याय, प्रभावकारी कानुनी कार्यान्वयन तथा विगतका सहमतिको पूर्ण कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। आयोजकहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

Skip This