काठमाडौं-झापाबाट काठमाडौं आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विमानस्थलभित्रै पत्रकार सम्मलेन गर्न खोजेपछि उनलाई प्रहरीले आफ्नो भ्यानमा हालेर भक्तपुरस्थित उनको घर पुर्याइदिएको हो।
विमानस्थल प्रहरीले विमानस्थल निषेधित क्षेत्र भएकाले सम्भावित विरोध प्रदर्शन तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रसाईंलाई प्रहरीको सवारीमार्फत घरसम्म पुर्याइएको जनाएको छ ।
प्रहरीले विमानस्थलको मुख्य प्रवेशद्वारबाटै पत्रकार र प्रसाईंका समर्थकलाई भित्र प्रवेश गर्न दिएको थिएन । विमानस्थलभित्र पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
घर पुगेपछि प्रसाईंले भने, ‘मलाई विमानस्थलमा बोल्नै दिएन, पुलिसले पक्रेर भ्यानमा हाल्यो, अहिले मलाई घरमै ल्याएर छाडेको छ।’







प्रतिक्रिया