अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी र वागमतीमा आज अति भारी वर्षा हुने

कोशी र वागमतीमा आज अति भारी वर्षा हुने


काठमाडौं – देशका धेरै स्थानमा आज वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेका कारण वर्षाको सम्भाजना रहेको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

केही प्रदेशमा आज भारीदेखि अति भारी वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराइ, कर्णाली प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली क्षेत्रको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

काठमाडौंमा दिउँसो केही कम भए पनि साँझदेखि भोलिसम्म भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ । यो वर्षा काठमाडौं वरिपरि फैलिँदै गएको उनले बताए ।
उनका अनुसार समग्रमा देशको पूर्वी भागमा आज र भोलि मनसुन सक्रिय रहनेछ । त्यसैले बाढी, डुबान र पहिरोको जोखिम हुनसक्ने सम्भावना भएकाले सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

Skip This