चितवन-निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार साँझदेखि दुईतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार तुईन खोलामा ढुङ्गा झरिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो आएपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीले सोमबार साँझ साढे ७ बजे सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरी साे जानकारी दिएका छन्।
उनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवनगमन दुईतर्फी अवरुद्ध बनेको छ।
निरन्तर ठुलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको क्षेत्रीले जनाएका छन्।
‘सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ’ उनले भनेका छन्, ‘निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णलाई हार्दिक आग्रह गरिन्छ।’






प्रतिक्रिया