अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रहस्यमय गाडी पार्किङबारे एमाले महासचिव पोखरेलको टिप्पणी– ‘विनाशकाले विपरीत बुद्धि’

रहस्यमय गाडी पार्किङबारे एमाले महासचिव पोखरेलको टिप्पणी– ‘विनाशकाले विपरीत बुद्धि’


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी गरिएको रहस्यमय पार्किङ घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई स्वतन्त्र सञ्चार माध्यम र समाजलाई भयभित बनाउने प्रयासका रूपमा टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले उक्त घटनालाई ‘विनाशकाले विपरीत बुद्धि’ को संज्ञा दिएका छन्।

महासचिव पोखरेलले सञ्चार प्रतिष्ठानको आवतजावत नै प्रभावित हुने गरी गाडी पार्किङ गर्नु सामान्य घटना नभई स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको गतिविधि हुन सक्ने बताएका छन्।

महासचिव पोखरेलले लोकतान्त्रिक समाजमा सञ्चार माध्यमको स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता गतिविधिले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्ने प्रयास भएको बताए।

महासचिव पोखरेलले यस्ता बचकना हर्कत’ बाट सञ्चार माध्यम, पत्रकार वा समाजलाई त्रसित बनाउन नसकिने स्पष्ट पार्दै लोकतन्त्रमा असहमतिलाई सम्मान गर्ने र कानुनी शासनको पालना गर्ने संस्कृतिलाई सबै पक्षले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

घटनाबारे सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने मागसमेत विभिन्न क्षेत्रबाट उठ्न थालेको छ।

बुद्धनगरस्थित अनलाइनखबर डटकमको कार्यालयको गेट अगाडि बा १२ च ८५४५ नम्बरको कार, हिमालय टेलिभिजनको गेट अगाडि बा १० च १२५५ नम्बरको कोसन्डा कार र तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको गेट अगाडि बा. प्रदेश ०१–०३४ च ८४८० नम्बरको कार शंकास्पद रुपमा गेट अगाडि राखिएको थियो ।

बिहान करिब ७ बजेतिरैबाट यी कारहरू मिडिया हाउसका गेट अगाडि आवत जावत नै अवरोध हुने गरी राखिएका थिए ।

यसैगरी अनामनगरको भाटभटेनी सुपर मार्केट अगाडि पनि यस्तै शैलीका कार राखिएको थियो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि शंकास्पद रुपमा कार राखिएको थियो । बिहान ७ बजेतिर सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी राखिएको थियो । मोटरसाइकल समेत छिर्न नमिल्ने गरी गाडी राखिएको थियो ।

Skip This