काठमाडौं-सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा सूची सार्वजनिक गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयका अनुसार मनिषा राईलाई युवा तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, सुब्रत घिमिरेलाई पनि सोही मन्त्रालयमा पठाइएको छ।
यस्तै, विनायक तिमल्सिनालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, चुस्त र सेवाप्रवाहलाई सहज बनाउने उद्देश्यले नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत शाखा अधिकृतहरूको सरुवा गरेको जनाएको छ।
सरुवा भएका कर्मचारीहरूलाई मन्त्रालयले तोकिएको कार्यालयमा समयमै हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।






प्रतिक्रिया