काठमाडौं-आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ।
उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति निधन भएको प्रहरीले जनाएको छ।
गत शुक्रबार दिउँसो विवेकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि तत्काल हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार आगलागीका कारण विवेकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।
पारिवारिक स्रोतका अनुसार विज्ञान विषयमा एमएस्सी गरेका विवेक विगत एक वर्षदेखि बेरोजगार थिए । उनले अध्यापन गर्दै आएको विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी मानसिक तनावमा थिए।






प्रतिक्रिया