झापा–झापाको बिर्तामोड नगरपालिका–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि टिपरको ठक्करबाट गम्भीर घाइते भएकी ७० वर्षीया पैदल यात्री उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा ७० वर्षीया लिलामाया बुढाथोकी रहेकी छन्। बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले पैदल हिँडिरहेकी बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बुढाथोकीलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि टिपर चालक कचनकवल गाउँपालिका–५ निवासी २१ वर्षीय जावेद आलमलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।






प्रतिक्रिया