काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिए कोर्टेभलले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा बिहीबार सो भेटवार्ता भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा फ्रान्सेली राजदूत कोर्टेभललाई बधाईसमेत दिनुभएको प्रवक्ता शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया