जनकपुरधाम-नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको थियो। आदेशलगत्तै उनी जलेश्वर कारागारबाट मुक्त भएका हुन्।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो। आदेशमा १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नदेखिएको उल्लेख गरिएको छ।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला आएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।
सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कोइरी तत्कालका लागि थुनामुक्त भएका छन्। आदेशको पूर्ण पाठ सार्वजनिक भएपछि यस प्रकरणका थप कानुनी पक्षहरू स्पष्ट हुने अपेक्षा गरिएको छ।






प्रतिक्रिया