चितवन-धादिङ जिल्लाको जोगिमारा क्षेत्रमा निरन्तर पहिरो झरेपछि मुग्लिन-नागढुंगा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले बुधबार सूचना जारी गर्दै धादिङको जोगिमारास्थित सडकखण्डमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको र निरन्तर पहिरो झरिरहेको अवस्थामा यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।
प्रशासनका अनुसार सडकको अवरोध हटाउने कार्य सम्पन्न भएपछि पुनः सूचना जारी गरी यातायात सञ्चालन गरिनेछ। सडक बन्दका कारण यात्रुहरूमा परेको असुविधाप्रति जिल्ला प्रशासन कार्यालय चितवनले क्षमायाचना समेत गरेको छ।
प्रशासनले यात्रु तथा चालकहरूलाई वैकल्पिक व्यवस्था अपनाउन र आवश्यक जानकारी तथा समन्वयका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।







प्रतिक्रिया