अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी पाँच प्रदेशमा आज भारी वर्षा हुने

यी पाँच प्रदेशमा आज भारी वर्षा हुने


काठमाडौं – देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो पहाडी भूभाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

राति वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस र कोसी प्रदेशका पहाडी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ । त्यसैले देशका धेरै स्थानमा वर्षा भइरहेको हो ।

यसैबीच, विभागले भक्तपुरस्थित हनुमन्तेखोलाको बाढी बढिरहेको बताएको छ । विभागले हनुमन्ते खोला आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

विभागले काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा पनि बाढी बढिरहेको भन्दै उक्त खोला आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन विभागले भनेको छ ।

बिहीबार दिउँसोदेखि नै लगातार भइरहेको वर्षाका कारण विभिन्न नदी तथा खोलामा बहाव बढिरहेको छ । लगातारको वर्षाका कारण कतिपय सडकखण्ड अवरुद्ध भएका छन् ।

Skip This