चितवन – मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडक खण्डमा गएरातिदेखि रोकिएका सवारी साधनहरु आज बिहानैबाट सञ्चालन हुन थालेका छन् ।
बिहान ६ बजेदेखि सवारी साधनहरु चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिएका छन् ।
वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १० बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो । रातिको वर्षाले सडकमा खास क्षती नगरेकोले विहान देखि सवारी सञ्चालन गर्न खुला गरिएको थापाले बताए । मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा नजिकै खसेको सानो पहिरो पनि हटाइसकिएकाले दुवै खण्डमा कुनै अवरोध नरहेको थापाले जानकारी दिए ।






प्रतिक्रिया