अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले साँसदको भूमिका प्रभावकारी बनाउने साँसदहरुसँग आज अन्तरक्रिया गर्दै

एमालेले साँसदको भूमिका प्रभावकारी बनाउने साँसदहरुसँग आज अन्तरक्रिया गर्दै



काठमाडौं -नेकपा एमालेको भूमिकालाई संसदमा प्रभावकारी बनाउन आज संसदहरुसँग अन्तरक्रिया गर्दैछ ।
पार्टीको संसदीय विभागले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका साँसदहरुले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा साँसदहरुलाई जानकारी गराउने छन् । उनले संसदीय समितीहरुका अधिकार क्षेत्र र समितीमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् । यसैगरी पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र साँसदहरुको कर्तव्यका विषयमा प्रशिक्षण दिने अर्यालले बताइन् । उनका अनुसार हरेक साँसदले पार्टी नीति अनुरुप संसदमा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरुसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्नेछन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरुलाई पनि जानकारी गराइएको छ । सम्बन्धित विभागहरुले विषय विज्ञता भएका व्यक्तिहरुको नाम सिफारिस गरेर सांसदहरुलाई संसदीय विषयवश्तुहरुमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ । कार्यक्रममा दुवै सदनका साँसदहरु सहभागी हुनेछन् ।

Skip This