काठमाडौं – देशका विभिन्न राजमार्ग बाढी, पहिरो र सम्भावित जोखिमका कारण अवरुद्ध भएका छन् । बाढी र पहिरोले केही राजमार्ग अवरुद्ध हुँदा केही राजमार्गमा भने सम्भावित उच्च जोखिमका कारण सवारी चलाउन रोक लगाइएको छ ।
मकवानपुर कान्ति लोकपथ, इलाममा मेची राजमार्ग, अर्घाखाँचीमा सालझन्डी–ढोरपाटन सडकखण्ड, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
बागलुङ कालीगण्डकी करिडोर, रसुवामा त्रिशुली–मैलुङ स्याफ्रुबेशी सडकखण्ड, रोल्पामान रुकुम–घोराही सहिद मार्ग अवरुद्ध भएका छन् ।
कोसी प्रदेशका सडकमा सवारी चलाउन पूर्ण रूपमा रोक लगाइएका जिल्लामा इलाम, तेह्र्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ, सोलुखुम्बुका सडकमा सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । वाग्मती र अन्य प्रदेशका केही जिल्लामा पनि सवारी आवगमन रोकिएको छ ।







प्रतिक्रिया