अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रचार विभाग प्रमुखको प्रश्न : विगत ३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन दोषजति सबै थोपरेर हुन्छ ?

एमाले प्रचार विभाग प्रमुखको प्रश्न : विगत ३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन दोषजति सबै थोपरेर हुन्छ ?


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के गर्‍यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् ।
उनका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका हुन् । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेको उल्लेख गरेका छन्। यी सबै अवधि जोड्दा एमालेले विगत ३५ वर्षमा कुल ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको छ।
२०४८ पछिका २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेका छन् आचार्यले लेखेका छन्। ३५ वर्षको एक चौथाइ समय पनि एमालेले सत्ता चलाएको छैन । अनि सबै बिग्रिएका कामको सबै दोष एमालेलाई थोपरेर हुन्छ ? उनले प्रश्न गरेका छन् ।
एमाले नेतृत्वको सरकारको कार्यकाल छोटो भए पनि त्यस अवधिमा ऐतिहासिक उपलब्धि हासिल भएको उनको दाबी छ। उनले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको सुरुवात र विस्तार, सुशासन, बलियो राष्ट्रियताको अडान तथा ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा उल्लेखनीय काम भएको बताएका छन्।
आचार्यले नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझाउने र राज्य एवं प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेका हुन्ू भन्ने दाबी पनि गरेका छन्। उनले तथ्यका आधारमा मात्रै राजनीतिक मूल्यांकन गर्न आग्रह गर्दै भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण र आलोचना गर्न आग्रह गरेका छन् ।

Skip This