अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्‍यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)

बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्‍यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)


काठमाडौं-आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ। 

सोमबार अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। 

मार्गनिर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ। त्यस्तै, कार्यालय सञ्चालनका लागि सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। 

यसैगरी, सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्वस्वीकृति लिन भनिएको छ। आयोजनाहरूमा सिर्जना हुन सक्ने वित्तीय जोखिमको आकलन गरी न्यूनीकरणका उपाय अपनाउन पनि सचेत गराइएको छ। 

अर्थ मन्त्रालयले मार्गनिर्देशनमार्फत सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम तोकिएको सम्झौता र निर्देशिकाभन्दा बाहिर गएर खर्च नगर्न भनेको छ। यससँगै बजेटको दोहोरोपना र बेथिति रोक्न सूचना प्रणाली (एलएमबीआईएस) को प्रयोग र नियमित अनुगमनमा जोड दिएको छ। 


 

Skip This