काठमाडौं-काठमाडौंको चोभार गेट क्षेत्रमा बस, पानी ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने गाडी र बसमा पनि क्षति पुगेको छ ।
र्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो भने स्थानीयवासी र प्रहरीको सहयोगमा सवारी साधन हटाएर यातायात सञ्चालनमा ल्याइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक तथा अन्य यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








प्रतिक्रिया