काठमाडौँ-काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित कुमारीगालमा घरको छतबाट हामफालेका एक जना व्यापारीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार सोमबार चारतले घरको छतबाट हामफालेका ४९ वर्षीय नविन अग्रवालको उपचारका क्रममा स्तुपा अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार अग्रवाल कपडाको व्यापार गर्दै आएका थिए। घटनास्थलबाट विषादीको एक बट्टा पनि बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट अग्रवालले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






प्रतिक्रिया