अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा आएको बाढीका कारण २३ जनाको मृत्यु,१ सय भन्दा बढी बेपत्ता

अफगानिस्तानमा आएको बाढीका कारण २३ जनाको मृत्यु,१ सय भन्दा बढी बेपत्ता


काठमाडौं – अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको बाढीका कारण २३ जनाको मृत्यु भएको छ । एक सयभन्दा धेरै बेपत्ता भएका छन् ।

बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको संचार माध्यमहरूले जनाएका छन् । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । एक सयभन्दा बढी मानिसहरू अझै बेपत्ता छन् ।

बाढीका कारण प्रान्तीय राजधानी पारुनलगायत प्रभावित क्षेत्रहरूमा धेरै घर र अन्य भवनहरू ढलेका छन् । अधिकारीहरूले देशका धेरै भागमा भारी वर्षाको जोखिम अझै नटरेको चेतावनी दिएका छन् ।

मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, हुरीबतास र बाढी आउनसक्ने आशंका व्यक्त गरेको छ । ३४ मध्ये १० प्रान्तहरूका लागि ‘अलर्ट’ जारी गरिएको छ । स्थानीयहरूलाई नदी किनार तथा बाढीको जोखिम भएका क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइएको छ ।

गत वर्ष पनि आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । यस वर्ष बाढी र पहिरोका घटनाहरूमा ११० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

Skip This