सुर्खेत-सुर्खेतको गुर्भाकोट नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कविन्द्रसिं बोहोराका अनुसार बुधबार बिहान ११ः४५ बजे सिम्ता गाउँपालिकाबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी गुर्भाकोट नगरपालिका-१३ स्थित सेराघारीमा अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटनामा सिम्ता गाउँपालिका-९ निवासी ४० वर्षीय गणेश वली, गुर्भाकोट-१३ निवासी ५ वर्षीय रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राई गम्भीर घाइते भएका छन्। उनीहरूको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये गणेश वलीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ भने रियाज शाही र उनकी आमा ममता पुन कर्णाली केयर अस्पतालमा उपचाररत छन्। अन्य घाइतेहरूको माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा महिला, पुरुष तथा बालबालिकासहित १९ जना घाइते भएका छन्। अधिकांशको टाउको, हात, खुट्टा, ढाड र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घाइतेहरूको विवरणः
क) कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेकाः
१. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ४० को गणेश वली; चोटः टाउकोमा, अवस्थाः गम्भीर।
ख) कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार भइरहेकाः
२. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१३ बस्ने वर्ष २३ की ममता पुन; अवस्थाः सामान्य।
३. ऐ. बस्ने ममता पुनको छोरा वर्ष ५ को रियाज शाही; चोटः टाउकोमा, अवस्थाः गम्भीर।
ग) माया अस्पताल, सुर्खेतमा उपचार भइरहेकाः
४. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ४५ की विष्णुमाया सुनार; चोटः टाउकोमा, अवस्थाः मध्यम।
५. ऐ. बस्ने वर्ष १० को प्रविन सुनार; चोटः टाउकोमा, अवस्थाः मध्यम।
६. जि. तनहुँ (वतन बताउने) वर्ष ३९ की भावना राई; चोटः टाउकोमा, अवस्थाः गम्भीर।
७. ऐ. निजको छोरा वर्ष २ को प्रज्वल राई; चोटः ढाडमा, अवस्थाः सामान्य।
घ) मेहेलकुना अस्पताल, सुर्खेतमा उपचार भइरहेकाः
८. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१४ बस्ने वर्ष ३२ की जैसरा बुढा; चोटः टाउको र मुखमा, अवस्थाः मध्यम।
९. ऐ. बस्ने वर्ष ६० की भुमिसरा खड्का; चोटः दायाँ खुट्टामा, अवस्थाः मध्यम।
१०. निजको श्रीमान् वर्ष ४२ को उदयराम भुजेल; चोटः टाउको र ढाडमा, अवस्थाः मध्यम।
११. ऐ. बस्ने वर्ष ४५ की धनमाया भुजेल; चोटः बाहिरी चोट नदेखिएको, अवस्थाः मध्यम।
१२. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ३२ की टिका खत्री; चोटः दायाँ हातमा, अवस्थाः सामान्य।
१३. ऐ. बस्ने वर्ष ६० को भिम ब. थापा; चोटः बायाँ हातमा, अवस्थाः मध्यम।
१४. ऐ. बस्ने वर्ष ५५ की तुलसरा सुनार; चोटः दायाँ हात र ढाडमा, अवस्थाः मध्यम।
१५. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१४ बस्ने वर्ष १२ को सक्षम बुढा; चोटः टाउको र खुट्टामा, अवस्थाः मध्यम।
१६. ऐ. वडा नं. १२ बस्ने वर्ष १५ की प्रिति गुरुङ; चोटः टाउकोमा, अवस्थाः सामान्य।
१७. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ३० की शान्ता खत्री; चोटः शरीरको विभिन्न भागमा, अवस्थाः मध्यम।
१८. जि. सुर्खेत, गुर्भाकोट न.पा.–१४ बस्ने वर्ष १७ की भावना आले; चोटः हातमा, अवस्थाः सामान्य।
१९. जि. सुर्खेत, सिम्ता गा.पा.–९ बस्ने वर्ष ३० की मनिषा थापा; चोटः घाँटी र दायाँ हातमा






प्रतिक्रिया