अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन पक्राउ

चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन पक्राउ


काठमाडौं-अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालकुमार गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र उदयपुर स्थायी घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका विक्रमबहादुर थापा छन्।

अध्यागन विभागले १२ असारमा ९ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।उनीहरूलाई छुटाएर १५ वटा राहदानीसमेत निकालिदिने भन्दै ७२ लाख रुपैयाँ डिल गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।हालसम्म उनीहरूले ९ लाख रुपैयाँ लिइसकेको भन्दै प्रहरीमा सूचना पुगेको थियो ।

पक्राउ पर्नेहरूको विवरण

१. ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने, उदयपुर कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय विक्रमबहादुर थापा

२. नवलपरासी पश्चिम, सुनौल नगरपालिका–७, तर्गौली घर भएका ५९ वर्षीय गोपालकुमार गुरूङ

३. काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने, सर्लाही लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा

Skip This