अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण


झापा-झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार आयोजित कार्यक्रममा ती परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित रहेका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।

भूमि व्यवस्था मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको छ। सोही नीतिअनुसार देशका विभिन्न स्थानमा जग्गा नापजाँच, प्रमाणीकरण तथा स्वामित्व हस्तान्तरणको कामलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

यसअघि सरकारले बर्दियाको बढैयाताल गाउँपालिका र झापाकै बुद्धशान्ति गाउँपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गरिसकेको छ।

मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यका साथ लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाइरहेको जनाएको छ।

Skip This