सिरहा-सिरहाको लहानमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन्। घटनामा ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो।
प्रहरीको गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था र पहिचानबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले विशेष अपरेसनका क्रममा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार घाइतेहरूको पहिचान खुलाउने तथा घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।






प्रतिक्रिया