अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी घटना: उपचारका क्रममा थप एक जनाको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरी घटना: उपचारका क्रममा थप एक जनाको मृत्यु, मृतक संख्या दुई पुग्यो


इटहरी-सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि सोमबार बिहान पनि झडपमा घाइते भएका अर्का एक ओमप्रकाश मेहताको मृत्यु भएको थियो। मृत्यु हुने दुवै जनाको नाम एउटै रहेको अध्यक्ष मेहताले जानकारी दिएका छन्।

आइतबार राति कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गोली चलाएका थिए। प्रहरीले चलाएको गोली लागेर नौ जना घाइते भएका थिए।

घटनाका क्रममा करिब १५ जना सुरक्षाकर्मीसमेत घाइते भएको जनाइएको छ। घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने झडपको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ।

Skip This