काठमाडौँ-जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।
अदालतको आदेशअनुसार गोल्छाले बैंक ग्यारेन्टी पेश गरेपछि उनी रिहा भएका छन्।
यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले गत जेठ २८ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो।






प्रतिक्रिया