अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु


कपिलवस्तु-कपिलवस्तुको तौलिहवा-बहादुरगञ्ज हुलाकी सडक खण्डअन्तर्गत महाराजगन्ज नगरपालिका-२ स्थित गैँडहवा चोक नजिक ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

बुधबार बिहान बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका-३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई साइकलयात्रीलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।