काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको सत्यदेवी-८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-८ बस्ने राजेन्द्र प्रसाद रिजाल रहेका छन्।
सीआईबीले केही व्यक्तिहरुले हुण्डी कारोबार गर्दै आएका छन् भन्ने गोप्य सूचनाको आधारमा त्यस्ता शङ्कास्पद व्यक्तिहरूको बैंकिङ्ग कारोबार विश्लेषण गर्दै जाने क्रममा उनले १ अर्ब ८९ करोड ६५ लाख बराबरको हुण्डी कारोबार गरेको देखिएको हो।
काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिई उनलाई नागार्जुन नगरपालिका-८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया