अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती

सुनसरीमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती


काठमाडौं-सुनसरीमा दुई समुदायबिच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो।

बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। 

प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत् छ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्य भयो । यसैबिच घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ।