अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

सिंहदरबारमा सुरक्षा परिषद् बैठक


काठमाडौं-राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा सुनसरी लगायत विभिन्न स्थानमा फैलिएको जातीय झडप लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो। राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन्। परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन्।

परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ ।