अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुराना फोटो भिडियो राखेर सुनसरी घटनालाई अतिरञ्जन नगर्न कोशी सञ्चार प्रतिष्ठानको आग्रह

पुराना फोटो भिडियो राखेर सुनसरी घटनालाई अतिरञ्जन नगर्न कोशी सञ्चार प्रतिष्ठानको आग्रह


विराटनगर- कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पूराना फोटो भिडियो सामाजिक सञ्जालमा राखेर भ्रम तथा उत्तेजना फैलाउने कार्य नगर्न आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज घटना पछि उत्पन्न संबेदनशील परिस्थितिमा सामाजिक सञ्जालमा यसअघिनै भएका आन्दोलनका पुराना भिडियो तथा फोटो राखेर अफवाह फैलाउने कार्य हुन थालेपछि प्रतिष्ठानले भ्रम,अफवाह,उत्तेजना फैलाउने कार्य नगर्न आग्रह गरेको प्रतिष्ठानका प्रेस रजिष्टार लिलाराज भट्टराईले जानकारी दिए ।
प्रतिष्ठानले आधिकारिक श्रोतबाट पुष्टि भएका सत्य,तथ्य जानकारी मात्र सामाजिक सञ्जालमा राख्न र सेयर गर्न अनुरोध गरेको छ । सामाजिक सदभाब,आपसी बिश्वास र शान्ति कायम राख्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरु जिम्मेवार हुनुपर्नेमा प्रतिष्ठानको जोड छ ।